काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक चैत ३० गते बस्ने भएको छ ।
बैठक ३० गते सोमबार दिउँसो १ बजे बस्ने सभामुख अग्नीप्रसाद सापकोटाले जानकारी गराएका हुन् ।
बैठकमा विशेष र सुन्य समयमा बोल्दै सांसदहरुले सरकारको कामको प्रसंशा र विरोध गरेका छन् । सरकारको नेतृत्व गरेको दलका सांसदहरुले सरकारी कामको प्रसंशा गर्दै भने विपक्षी दलका सांसदहरुले विरोध गरेका थिए ।
एमाले सांसद खगराज अधिकारीले संसद बैठकमा नेकपा (एमाले) कोरुपमा प्रस्तुत हुने व्यवस्था नभएको बताउनुभयो । नेकपामा रहेका दुई पार्टी अलग अलग भएपनि संसद समितिमा अझै नेकपाकोरुपमा सांसदहरुको प्रतिनिधित्व रहेको भन्दै उनले संसदीय समितिमा एमालेको रुप्मा प्रतिनिधित्वको व्यवस्था गर्न उनले माग गरेका छन् । आफूहरु संवैधानिक र नियमावलीसम्मत काम गर्न चाहे पनि त्यस्तो वातावरण नबनेकोभन्दै उनले सभामुख अग्नी सापकोटाको ध्यानाकर्षण गराए ।












Facebook Comments