प्रधानमन्त्री ओलीलाई आफू सगँ बसेर बहस गर्न गगन थापाको खुल्ला चूनौति

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुल्ला चूनौति दिएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदसमेत रहेका नेता थापाले प्रधानमन्त्री ओलीलाई तथ्य र तथ्यांकमा बसेर बहस गर्नको लागि आफू रहेको भन्दै खुल्ला चूनौति दिएका हुन् ।

नेता थापाले नेपालको पूर्वाधार विकासमा समस्या रहेको औंल्याएका छन् । साथै उनले नेपालको काम गर्न लगाउने निकायमा समस्या रहेको पनि बताएका छन् । उनले संसद अहिले दर्जनौं कानून बनाउनुपर्ने पनि आवश्यकत्तासमेत औंल्याएका छन् ।

Facebook Comments