भारतमा कोरोना संक्रमणको उच्च जोखिम, नेपालमा पनि बढ्ने सम्भावना, सचेतना अपनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि लकडाउनको हुने सम्भावना रहेको बताएका छन् ।

आज राजधानीमा आयोजित नेपाल चेम्बर अफ कमर्शको ७० औं वार्षिक साधारण सभामा बोल्दै प्रधानमन्त्री ओलीले फेरि लकडाउनको हुने सम्भावना रहेको बताएका हुन् ।

वाध्य भएर देश नै ठप्प पार्ने अवस्था आउनसक्ने उनले बताएका छन् । ‘वाध्य भएर ठप्प पार्ने अवस्था आउँछ,’ उनले भने,‘ कोरोना भाइरसको जोखिम बढेकाले सावधानी अपनाउनुपर्छ ।’

भारतमा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएकाले नेपालमा पनि त्यस्तो खतरा बढ्न नदिन सचेतना अपनाउन उनले आग्रह गरे । ‘सीमा खुल्ला छ भयावह अवस्था हुनसक्छ, त्यसैले सावधानी अपनाउनैपर्छ ।’ उनले भनेका छन् ।

Facebook Comments