काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रधानमन्त्री केपी शर्मा ओली नेकपा (एमाले) बाट अन्तिम प्रधानमन्त्री ओली नै रहने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद कँडेलले यही अवस्था रहिरहेयो भने प्रधानमन्त्री ओली नेकपा एमालेको तर्फबाट अन्तिम प्रधानमन्त्री ओली नै रहने बताएका हुन् ।
२०७४ सालको निर्वाचनका बेला गोरखाको पालुङटारमा वर्तमान प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसबाट शेरबहादुर देउवा नै अन्तिम प्रधानमन्त्री भनेर बोलेको कुरालाई स्मरण गर्दै अब एमालेबाट अन्तिम प्रधानमन्त्री ओली नै रहने बताएका छन् ।
उनले भने,’जुन शब्दमा गोरखामा उहाँले भन्नुभयो, त्यही शब्दमा भन्ने हो भने, यही अवस्था रहिरहेमा सायद एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै रहनेछन् ।’
Facebook Comments