काठमाडौं । नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट १६५ सडक शिलान्यास गर्नुलाई नौटंकीसंज्ञा दिएकी छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शाहीले प्रधानमन्त्री ओली तयारीबिनै बालुवाटारबाट १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक शिलान्यास गर्नुलाई नौटंकीको संज्ञा दिएकी हुन् ।
शाहीले अति महत्त्वपूर्ण विधेयक थन्क्याउने तर महिला हिंसाविरुद्धको विधेयक ल्याउन नदिएको भनेर प्रधानमन्त्रीले ढाँटेको उनले बताइन् । ‘प्रधानमन्त्रीले तयारीबिनै बालुवाटारबाट स्वीच थिचेर सडक शिलान्यास गर्नुहुन्छ, प्रधानमन्त्रीज्यू यो त नौटंकी नै हो’, सांसद शाहीले भनिन् ।
Facebook Comments