सप्तरी । देशमा थप १७६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
पछिल्लो चौबीस घण्टामा थप १७६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ७७ हजार ९४४ जना पुगेको छ । हालसम्म दुई लाख ७३ हजार २४० जना सङ्क्रमित निको भइसकेका छन् ।
त्यस्तै हाल एक हजार ६७२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
Facebook Comments