जीप दुर्घटनामा चालकको मृत्यु

तस्बिर : रासस

पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

याङवरक गाउँपालिका-१, च्याङथापू जाँदै गरेको मे १ ज ३५६ नं को जीप याङवरक-३ यलम्बर चोकमा दुर्घटना हुँदा सवारी चालक फिदिम नगरपालिका-२ पल्लोटारका ३५ वर्षीय फूलकुमार राईको मृत्यु भएको छ ।

जीप सडकबाट करीब २०० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते चालक राईको उपचारका क्रममा जिल्ला अस्पताल फिदिममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते फिदिम-२ का २२ वर्षीय आशिष राईलाई उपचारका लागि झापा पठाइएको प्रहरीले जनाएको छ । (रासस)

Facebook Comments