फेला परेका किशोरीहरुद्वारा गायिका बन्न भारत गएको बयान

महोत्तरी। जिल्लाको भंगहा नगरपालिकाबाट बेपत्ता भएका सात जना बालिका र किशोरीहरुले गायिका बन्न भारत गएको बयान दिएका छन् ।

हिजो दिउँसो घरबाट घाँस काट्न भनेर निस्किएका उनीहरु राति अबेरसम्म पनि घर नफर्किएपछि आफन्त र प्रहरीले उनीहरुको खोजी तिव्र पारेको थियो।

फेला परेका उनीहरुलाई सीतामढीबाट घर ल्याउन लाग्दा किन भारत गएको भन्ने प्रश्नमा उनीहरुको जवाफ थियो गायिका बन्न आएका हौं ।

उनीहरु आफैं भारत गए वा अन्य कसैले लग्यो भन्ने पुष्टि भइसकेको छैन । तर, उनीहरुले प्रहरी तथा आफन्तसँग भने आफूखुशी नै भारत गएको बयान दिएको जिल्लाका एसपी दिनेशराज आचार्यले बताए ।

जिल्ला प्रहरी प्रमुख एसपी आचार्यले भने, ‘हामीलाई जानकारी आएदेखि नै खोजी गरिरहेका थियौं। उनीहरुलाई नेपाल ल्याउने काम भइरहेको छ।’

उनीहरुको साथका अरु कोही नभेटिएकाले कसैले बेच्न लैजाँदै गरेको भन्न नसिकने सीतामढी प्रहरीको तर्क छ।

उनीहरुलाई भेरिफाइ गरेर नेपाल प्रहरी तथा परिवारजनलाई सुम्पने काम भइरहेको तर, उनीहरुको बयानलाई मात्र विश्वास गर्ने आधार नभएकाले प्रहरीले थप अनुसन्धान गरिरहेको एसपी आचार्यले बताए ।

बेपत्ता भएका उनीहरुलाई १८ घण्टापछि भारतको बिहार प्रहरीले सीतामढी स्थित रेल्वे स्टेसनबाट फेला पारेको हो ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.