काठमाडौं । जम्मु–कश्मीरको श्रीनगर क्षेत्रमा सुरक्षाकर्मी र भूमिगत समूहबीच मुठभेड भएको छ । सोमबार राति दुई बजेदेखि मुठभेड जारी रहेको भनिए पनि क्षतिको विवरण आइसकेको छैन ।
श्रीनगर क्षेत्रमा अहिले इन्टरनेट र मोबाइल सेवा बन्द गरिएको छ । बीएसएनएलको पोस्टपेड सेवा भने चलेको छ । घना वस्ती रहेको श्रीनगरको क्षेत्रमा आतंकवादी लुकेर बसेको सूचना पाएपछि रातिदेखि सर्च अपरेसन चलाइएको थियो । सुरक्षाकर्मीले केही घरलाई घेरा हालेपछि गोली हानाहान सुरु भएको हो ।
गत आइतबार श्रीनगर क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट हिजबुल मुजाहिद्दिन समूहका ताहिर अहमद मारिएका थिए । ११ दिन अगाडि मारिएका रियाज नाइकु पछिको यो दोस्रो ठूलो इन्काउन्टर थियो ।
Facebook Comments