भावी प्रधानन्यायाधीश सुवेदीविरुद्ध सर्वोच्चमा पाँच उजुरी

काठमाडौँ । भावि प्रधानन्यायाधीश नहकुल सुवेदीविरुद्ध सर्वोच्च अदालतमा पाँच वटा उजुरी परेका छन् । सर्वोच्चको न्यायाधीशमा सिफारिस उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश विभिन्न आरोपसहित उजुरी परेका हुन् ।

संसदीय सुनुवाइ समितिले दश दिनको अवधि दिएर सार्वजनिक रुपमा आह्वान गरेअनुसार सुवेदीविरुद्ध योग्यता सम्बन्धि मुख्य उजुरी दर्ता भएको छ । समितिमा सर्वोच्चको न्यायाधीशमा सिफारिस पाटन उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडालविरुद्ध दुई उजुरी दर्ता भएका छन्।

चुडालविरुद्ध परेका उजुरी मुद्दा फैसला गर्दा पैसा लिएर भ्रष्टाचार गरेको आरोप लगाइएको छ । उजुरीबारे बिहीबारको बैठकमा छलफल हुनेछ । सर्वोच्चको न्यायाधीश नियुक्ती हुुनुअघि संसदीय सुनुवाइबाट अनुमोदन हुुनुपर्ने संवैधानिक व्यवस्था छ।

सर्वोच्च अदालतको न्यायाधीश हुन कानुनमा स्नातक उपाधि प्राप्त गरी उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पदमा कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्ने व्यवस्था छ।

कानुनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्तीमा १५ वर्ष निरन्तर वकालन गरेको वा कम्तीमा १५ वर्ष वर्षसम्मा न्याय र कानुनको क्षेत्रमा निरन्तर काम गरी विशिष्ट कानुनविद्को रुपमा ख्याति प्राप्त गरेको व्यक्ति सर्वोच्चको न्यायाधीश हुन पाउँछ। सुवेदीसित यी कुनै पनि योग्यता छैन ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.