पाकिस्तानमा चिनियाँ भ्याक्सिन नलगाउनेको रोजगारी गुम्ने

काठमाडौं। पाकिस्तानको सिन्ध प्रान्तका स्वास्थ्यमन्त्री अजरा पेचुहोले चीनमा बनेको भ्याक्सिन लगाउन नचाहने स्वास्थ्यकर्मीको जागिर खोसि सक्ने चेतावनी दिएका छन्।

त्यहाँ दर्ता रहेका एक करोड ४२ लाख स्वास्थ्यकर्मीमध्ये ३३ हजारजतिले खोप लिन नमानेपछि यस्तो चेतावनी दिइएको हो।

पाकिस्तानमा करिब आधा जनतालाई चिनियाँ भ्याक्सिनमाथि विश्वास नरहेको एक सर्वेक्षणमा देखिएको थियो। सरकारले भने चिनियाँ भ्याक्सिन सुरक्षित रहेको बताउँदै आएको छ।(एजेन्सी)

Facebook Comments