ओलीले स्पष्टीकरण दिनुपर्छ : भीम रावल

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले स्पष्टीकरण प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले दिनुपर्ने बताएका छन् । ओलीले महासचिव ईश्वर पोखरेलमार्फत माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसार र रावललाई स्पष्टीकरण पत्र पठाएपछि रावलले यस्तो बताएका हुन् ।

‘केपी शर्मा ओली जीको फागुन २८ बसेको अवैध केन्द्रीय कमिटीको कुनै पनि निर्णय हामी मान्दैनौँ । नेपाली जनताले तपाईं सोधिरहेका छन्, प्रतिनिधिसधा विघटन किन गर्नुभयो ?’ ओलीलाई प्रश्न गर्दै रावलले भने, ‘ पार्टीको विधान मिचेर मनपरी किन गर्नुभयो आफ्नो केही गुटका मान्छे बोलाएर, हामीलाई थाहा नै नदिइ, केपी शर्मा ओली जीले पार्टी फुटाउने षडयन्त्र गर्नुभयो । पार्टीमा विभाजनको रेखा कोर्नुभयो । तै पनि हामीले उहाँलाई भन्यौँ तपाईंले यो निर्णय फिर्ता लिनुहोस् । तर, उहाँले मान्नु भएन।’

आज मंगलबार आफूपक्षीय अनेरास्ववियुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै रावलले केपी ओलीले एमाले फुटाउन खोजेको आरोप लगाएकाछन् ।

Facebook Comments