नेपालको आन्तरिक राजनीतिमा चिनियाँ राजदूत यान्छी फेरि सक्रिय

काठमाडौं । नेपालको आन्तरिक राजनीतिमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी फेरि सक्रिय भएकी छन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राजदूत यान्छीबीच भेटवार्ता भएको छ ।

सोमवार बिहान ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा राजदूत यान्छी र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको हो ।

चिनियाँ राजदूत होउ यान्छी सोमवार बिहान ९०५ बजे प्रचण्ड निवास पुगेकी थिइन् भने ९स्५५ बजे त्यहाँबाट बाहिरिएकी स्रोतले जनाएको छ ।

प्रचण्डलाई सरकारलाई दिएको समर्थन फिर्ता नलिन दवाब दिनका लागि राजदूत यान्छी खुमलटार पुगेको बताइएको छ । अहिले कसरी अघि बढ्ने भन्‍ने विषयमा प्रचण्ड अप्ठ्यारोमा परेपछि राजदूत यान्छी खुमलटार पुगेर कम्युनिष्ट सरकारलाई नै निरन्तरता दिन प्रचण्डलाई दवाब दिएको स्रोतले पुष्टि गरेको छ ।

कम्युनिष्ट सरकार हुँदा विभिन्न काम गर्नका लागि सहज हुने भएको ओली सरकारलाई नै निरन्तरता दिन प्रचण्डलाई राजदूत यान्छीले दवाब दिएको बुझिएको छ ।

Facebook Comments