अभिनेता मिथुन चुनावमा उठ्ने!

काठमाडौं। अभिनेताबाट नेता बनेका बलिउड कलाकार मिथुन चक्रवर्तीले पश्चिम बंगालको मतदातामा आफ्नो नाम दर्ता गरेका छन्।

दुई साताअघि सत्तारुढ भारतीय जनता पार्टी प्रवेश गरेका उनी अब पश्चिम बंगालबाट चुनाव लड्न सक्ने अनुमान तीव्र भएको छ।

उनले काशीपुर–बेलगछिया ठेगानामा परिचयपत्र बनाएका हुन्।

मिथुनकी बहिनी शर्मिष्ठा सरकार भन्छिन्, ‘‘मेरा दाइ सुपरस्टार हुन्। उनी कुनै पनि पदमा फिट छन्।’’(बीबीसी)

Facebook Comments