ओलीसामू नेपाल पक्षले राख्यो ५ बुँदे असहमति


Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओलीसामू ५ बुंदे असहमति पत्र बुझाएका छन्। शनिवार बालुवाटारमा बसेको बैठकमै पुगेर नेपाल पक्षका सांसदहरु सोम पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठले उक्त पत्र पेस गरेका हुन्। उनीहरु सो पक्षका ३७ जना सांसदकाे हस्ताक्षर बोकेर बालुवाटार पुगेका हुन्।

उनीहरूले बुझाएको पत्रमा केन्द्रीय कमिटीको बैठकबाट पारित नभई संसदीय दलको बोर्ड गठन गर्ने कार्य पार्टी विधान विपरीत र कानूनसम्मत नभएको उल्लेख छ । यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधानको धारा ४३ (ख) को ४ बमोजिम संसदीय दल तथा बोर्डको काम, कर्तव्य र अधिकार दलको विधान र नियमावली बमोजिम हुने कुरा स्मरण गराएको छ ।

यस्तै गरी अदालतको फैसला पश्चात् पार्टी विधानको धारा १४ (क) र (ख) को १, २, ३ बमोजिम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित तथा केन्द्रीय कमिटीको कुल सदस्य संख्याको १० प्रतिशतभन्दा बढी नहुने गरी मनोनित भई कायम भएका केन्द्रीय कमिटीका सदस्यहरूको उपस्थितिमा मात्रै कुनैपनि निर्णय हुनुपर्ने उल्लेख छ ।

त्यस्तै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको जिम्मेवारी हटाइएको तथा सदस्यको स्थान रिक्त नै नरहेको केन्द्रीय कमिटीमा पार्टी सदस्यता नै नलिएका व्यक्तिहरूलाई सदस्यका रुपमा मनोनयन गरी महत्वपूर्ण जिम्मेवारी दिइएकोमा आपत्ती जनाएको छ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको विधान नभएको र सर्वोच्च अदालतबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) पुनर्जीवित भएको स्थितिमा संसदीय दलको नयाँ विधान निर्माण गरी नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीले अनुमोदन गर्नु माग नेपाल पक्षको छ । यस्तै गरी संसदीय दलको बैठक संसदीय दलको कार्यालय वा संसद भवनमा हुनुपर्ने पनि उनीहरूको माग छ।

Facebook Comments


Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167