काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सोमवार बसेको केन्द्रीय कमिटी बैठक सकिएको छ । आइतवारबाट शुरु भएको बैठकले विभिन्न ६ एजेण्डाहरु तय गरेको थियो । सोही अनुसार आजको बैठक अघि बढेको थियो।
त्यस्तै आजको बैठकमा पूर्व निर्धारित कार्यसूची अनुसार नै केन्द्रीय कमिटीका सदस्यहरुले अहिलेको विशिष्ट राजनीतिक परिस्थिति र पार्टी निर्माण र आन्दोलनको एकिकरणको सन्दर्भमा आ-आफ्नो कोणबाट धारणा राखेकोम माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आजको बैठकमा २० जना केन्द्रीय सदस्यहरुले आ(आफ्नो धारणा राखेका थिए । जनार्दन शर्मा, शक्ति बस्नेत, गणेशमान पुन, पम्फा भुसाल, वर्षमान पुन, रामदिप आचार्य, हेमराज भण्डारी, पुष्पबिक्रम मल्ल, कृष्ण केसी, दलजित श्रीपाली, परशुराम रम्तेल, जयपुरी घर्ती, हितबहादुर तामाङ, प्रकाश पोखरेल, धर्मदत्त देवकोटा, परशुराम आचार्य, दिलाराम आचार्य, ओम शर्मा, कुमार पोखरेल, रामचन्द्र झा रहेका छन् ।
उनीहरुले आ-आफ्नो धारणा राखेको श्रेष्ठले जानकारी दिए । उनीहरुको कुरा सुनिसकेपछि आजको लागि स्थगित गरिएको र केहीदिनपछि शुरु गर्ने उनले बताए । ‘उहाँहरुको कुरा सुनिसकेपछि आजको बैठक स्थगित गरिएको । पुन केहीदिनपछि अर्को बैठक बस्नेछ ।’ उनले भने ।
त्यस्तै सर्वोच्च अदालतको नेकपाको आधिकारिकताको विषयमा गरेको फैसलाको पुनरवालोकनमा जाने विषयमा छलफल भएको बताए । तत्कालका लागि सांगठनिक कामहरुमा जानुपर्ने भएकाले बैठक स्थगित गरिएको उनले बताए । त्यस्तै पूर्व माओवादी केन्द्रबाट सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउन पत्र पठाइएको र फिर्ता नआएमा आवश्यकता अनुसार कारबाही गरिने उनले बताए ।
Facebook Comments