काठमाडौं । चीनको इन्नर मंगोलिया र उत्तरपश्चिमी भागबाट आएको आँधीबेहरीका कारण सोमवार बेइजिङ धुलोले छेपिएको छ । धुलाम्मे आँधी इन्नर मंगोलियाबाट आएर गान्सु, शान्सी र खबे प्रान्तमा फैलिएको थियो ।
आँधीबेहरीका कारण ३ सय ४१ जना बेपत्ता भएका छन् । चाइना मिटियोरोलोजिकल एडमिनिस्ट्रेसनले सोमवार बिहान येल्लो अलर्ट घोषणा गरेको छ । बेइजिङमा मानिसहरु हावाबाट बच्नका लागि कालो चश्मा, मास्क लगाएका छन् । घुलोका कारण पूरा शहर नै पहेंलपुर भएको छ ।
स्थानीय सरकारले श्वासप्रश्वासमा समस्या भएकाहरूलाई घरैमा बस्न आग्रह गरेको छ । आँधीबेहरीका कारण ४०० भन्दा बढी उडानहरू रद्द गरिएको छ ।













Facebook Comments