पकिस्तानमा जेलबाट भागेका आतंककारीले दिए मलालालाई फेरि गोली हानेर मार्ने धम्की

एजेन्सी। नोबेल पुरस्कार विजेता मलाला यूसुफजईलाई फेरि गोली हानेर मार्ने धम्की दिइएकाे छ। २०१२ मा, तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) का आतंककारी एहसानुल्ला एहसान, जसले मलालालाई गोली हानी जेलबाट फरार भएकाे थियाे। उसैले मलालालाई फेरि ज्यान मार्ने धम्की दिएकाे छ। र साथै याे चाेटी त्याे आतंककारीले मलालालाई मारेर नै छाड्ने धम्की दिएकाे हाे।

यस धम्की पछि मलालाले पाकिस्तानका प्रधानमन्त्री इमरान खान र सेनालाई प्रश्न गरेकी छन्। उनकाे प्रश्न छ,’ जेल भित्र रहेकाे आतंककारी कसरी भाग्न सफल भयाे?

पूर्व टीटीपीका प्रवक्ताले ९ बर्ष अघि मलालालाई गोली हानेका थिए। यद्यपि त्यस आक्रमणमा मलालाको ज्यान बचाइएको थियो। भर्खर एहसानुल्लाले ट्वीटरमा लेखेका थिए, “अर्को चोटि कुनै गल्ती हुने छैन।” ट्विटरले बुधवार आतंककारीकाे ट्वीटर खातालाई निलम्बन गर्यो।

सबैभन्दा कम उमेरका नोबेल पुरस्कार विजेता मलालाले ट्वीट गरिन्,” तहरीक-ए-तालिबान पाकिस्तानको पूर्व प्रवक्ता हो जसले मलाई र अन्य निर्दोष व्यक्तिमाथि आक्रमण गरेकाे जिम्मा लिएकाे थियाे। अब व्यक्तिहरूलाइ त्यसले सोशल मीडियामा धम्की दिइरहेकाे छ।” मलालाले त्याे कसरी भाग्न सफल भयाे भन्दै इमरान खान र पाक सेनालाइ प्रश्न गरिन्।

गत बर्ष जनवरी ११ मा पाकिस्तान कारागारबाट अहसान फरार भएका थिए। यस बारे पाकिस्तानमा ठूलो क्रोध थियो। विपक्षी दलदेखि अमेरिका सम्म इमरान खान सरकार र पाकिस्तानसँग प्रश्न गरिएकाे थियाे। हरू सोधेका थिए। जनवरी २०२० मा, एहसानले एक अडियो सन्देश पनि जारी गर्‍यो जसमा भनिएको थियो कि त्यो कारागारबाट भाग्न सफल भए ।

Facebook Comments