वास्तविक नियन्त्रण रेखामा भारत र चीनबीचकाे सम्बन्धमा विस्तारै सुधार आइरहेकाे छ। घट्दो तनावको बीचमा चीनले पहिलो पटक आफ्नो सैनिकलाई गलवान घाटीमा मारिएको स्वीकारेको छ।
चीनले गत वर्ष जुनमा भएको रक्तपातपूर्ण झडपमा मारिएका चार सैनिकको बारेमा जानकारी सार्वजनिक गरेकाे छ। यो रक्तपातपूर्ण झडपमा भारतका २० सैनिक शहीद भएका थिए।
ग्लोबल टाइम्सका अनुसार चीनको केन्द्रीय सैन्य आयोगले काराकोरम पहाडमा रहेका पाँच जना चिनियाँ सैनिकहरूको बलिदानलाई याद गरेकाे छ। यहाँ पीएलए झिनजियांग मिलिटरी कमाण्ड क्यूई फाबाओ, चेन होंगुन, जियानगॉन्ग, जिओ सियान र वाङ जुआउरानका रेजिमेन्टल कमाण्डरहरू छन्। ती मध्ये चार गलवानको झडपमा मरेका थिए भने एक जनाकाे उद्धारको समयमा नदीमा डुबेकाे कारणले भएकाे थियाे।
यद्यपि चीनले गलवान उपत्यकामा मारिएका पीएलए सैनिकहरूको संख्या धेरै कम बताइरहेकाे छ।
Facebook Comments