कपिलवस्तुमा ४५ जना क्वारेन्टाइनबाटै भागे

कपिलवस्तु। यशोधरा गाउँपालिकास्थित स्वास्थ्य निगरानीमा रहेका ४५ जना क्वारेन्टाइनबाटै भागेका छन् । यशोधरा गाउँपालिकामा रहेका दुईवटा क्वरेन्टाइनबाट उनीहरु भागेका हुन् । वडा नं. २ को खोरिया गाउँस्थित सरस्वती प्रावि क्वारेन्टाइनका २३ जना र राष्ट्रिय निमावि सिहोखोर क्वारेन्टाइनका २२ जना भागेको वडाध्यक्ष साबुद्दिन मुसलमानले बताए ।

भारतका विभिन्न सहरबाट आएका सबैलाई क्वारेन्टाइनमा नराखिएका कारण आफूहरु पनि क्वारेन्टाइन नबस्ने भन्दै उनीहरु भागेको गाउँका स्थानीयले बताए । क्वारेन्टाइनबाट भागेका सबै वडा नं. ८ खोरिया गाउँका हुन् ।

भागेका उनीहरुको खोजी गर्न मर्यादपुर प्रहरी चौकी र विओपी डंगरीका सुरक्षाकर्मीहरु खोरिया गाउँसम्म पुगेका छन् । यशोधरा गाउँपालिकामा हालसम्म फेला परेका संक्रमितहरु १२ जनामध्ये वडा नं. ८ का ५ जना छन् । भारतको कोरोना प्रभावित सहर मुम्बइ लगायत सहरबाट आएका युवाहरु क्वारेन्टाइनबाट भागेपछि खोरिया गाउँ र आसपासका सर्वसाधारणहरुमा कोरोना संक्रमण फैलनसक्ने त्रास बढेको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योती प्रकाश दुवेले बताए ।

यसबारे आफूहरुले गाउँपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराइसकेको स्वास्थ्य संयोजक दुवेले बताए । क्वारेन्टाइनबाट भागेकाहरुको खोजी गरी क्वारेन्टाइन फर्काउन सुरक्षाकर्मीहरुसँग समन्वय भइरहेको गाउँपालिका प्रमुख गिरिजेश पाण्डेयले बताए ।

ताजा अपडेट

आज आषाढ ७ गते सोमवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको योजना बन्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा...

दलितलाई कोठा दिन नमानेको अभियोगमा घरबेटी पक्राउ

काठमाडौं । दलित भएकै कारण कोठा दिन नमानेको आभियोगमा घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारलाई कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती...

पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना संक्रमित निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४५६ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २ हजार ४४२ जनालाई कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४२ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार...

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको बैठक

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम...

भारतमा ८१ दिनपछि सबैभन्दा कम कोभिड–१९ सङ्क्रमित

भारत । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिनप्रति दिन कमी हुँदै आएको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६०...

डडेल्धुरामा युवती मृत फेला, अनुसन्धानका लागि दुईवटा प्रहरी टोली परिचालन

धनगढी । डडेल्धुरामा एक युवती मृत फेला परेको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयले धनगढीबाट प्रहरीका दुई वटा टोली परिचालन गरेको छ । शनिबार...

उपत्यकामा खुकुलो बनाएर निषेधाज्ञा थप्ने तयारी, सवारीसाधान चल्छ की चल्दैन?

काठमाडौं । स्थानीय प्रशासनले थप केही प्रावधानलाई खुकुलो बनाउँदै उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी गरेको छ । तर जोर बिजोरका आधारमा सवारी साधन...

चीनको काउन्टरमा जी-सेभेनले घोषणा गर्‍यो ‘बी-३ डब्ल्यू’ परियोजना

काठमाडौं । निम्न र मध्यम आय भएका मुलुकहरूलाई लक्षित गरेर पूर्वाधार सम्बन्धी परियोजना बिल्ड ब्याक बेटर वर्ल्ड (बी-३ डल्यू) अगाडि बढाउने सहमति भएको छ...

चर्चित