गंगाजमुना गाउँपालिकाकी इन्जिनियर घुस रकमसहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित एक इन्जिनियरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पुजा कार्की छिन् ।

अख्तियारले इन्जिनियर कार्कीलाई ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बील भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि लिएको ९५ हजार घुस रकमसहित गंगाजमुना गाउँपालिका–५ स्थित उनकै डेराबाट पक्राउ गरेको जनाएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Facebook Comments