काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले पशुपति आर्यघाटमा बेवारिसे शवहरूको व्यवस्थापन गरी चर्चामा आएका विनयजंग बस्नेतलाई पक्राउ गरेको छ ।
बेवारिसे शवहरू जलाउने क्रममा उनकै सहयात्री रहेकी सपना रोका मगरको उजुरीमा प्रहरीले बस्नेतलाई गोंगबुबाट पक्राउ गरेको परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।
विनयले आफूमाथि दुर्व्यवहार गरेको भन्दै सपनाले परिसरमा जाहेरी दिएकी थिइन् । सपनालाई बीबीसीले केही समय अगाडि विश्वका सय महिलाको सूचीमा समावेश गरेको थियो ।












Facebook Comments