नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा

काठमाडौं । सेयर बजार काराेबार नेप्से परिसूचकले मंगलबार २६०० बिन्दु पार गरेको छ । यो नेपाली सेयर बजारको इतिहासमा पहिलो पटक अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

सोमबार कोरोबार भएका सबै सूचक हरियाली भएर ९२.४२ अंकले बढेको थियो । आइतबार साँझ सार्वजनिक मौद्रिक समीक्षामा सेयर बजारलाई प्रभावित पार्ने कुनै पनि विषय उल्लेख नभएपछि दैनिक सेयर बजारमा उछाल आउन थालेको छ ।

मंगलबार सेयर कारोबार सुरु भए लगतै उकालो लाग्न थालेको सेयर केही समय ओरालो लागेको बजार याे समाचार तयार पार्दासम्म २६०८.६९ अंक पुगेको छ ।

Facebook Comments