विराटनगर । प्रदेश नम्बर १ सरकारको वार्षिकोत्सव कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहले बहिष्कार गरेको छ।
सोमबार मुख्यमन्त्री कार्यालय विराटनगरमा जारी कार्यक्रममा प्रचण्ड-नेपाल समूह अनुपस्थित भएकाे हाे । वार्षिक उत्सवमा नेपाली कांग्रेसले पनि सहभागीता जनाएकाे छैन ।
यसैगरी प्रदेश सभाका सदस्यको उपस्थिति पनि न्यून छ। ओली समूहका सांसदहरूमात्र कार्यक्रममा सहभागी छन।
कार्यक्रममा प्रदेश सरकारले २३२ बुँदे उपलब्धि सार्वजनिक गरेको छ। प्रदेश प्रमुख सोमनाथ प्यासीले उपलब्धि समेटिएको पुस्तिका सार्वजनिक गरेका छन।












Facebook Comments