यो केपी ओलीको सरकार कि नेकपाको ? -प्रधानन्यायाधीश

काठमाडौं । संसद विघटनविरूद्ध सर्वाेच्च अदालतमा परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी छ । आइतबारका सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अहिले सरकार केपी ओलीको कि नेकपाको भन्दै प्रश्न गरेका छन् ।

संवैधानिक इजलासमा निवेदकको पक्षबाट जवाफी बहस गरिरहेका अधिवक्ता दीनमणि पोख्रेललाई प्रधानन्यायाधीशले अहिले सरकार केपी ओलीको कि हाे कि नेकपाको भन्दै प्रश्न गरेका थिए । जवाफमा अधिवक्ता पोख्रेलले यो नेकपाकै सरकार भएको बताए ।

त्यसपछि इजलासबाट ७६ (१) को सरकारको विकल्पमा अर्को सरकार संसद्‌बाट बन्ने अवस्थाबारे प्रश्न गरिएको थियो ।
अधिवक्ता पोख्रेलले अदालतले संसदबाट सरकार बन्ने अवस्था हेर्ने विषय नभएको र संसदले निर्णय गर्ने बताए ।

Facebook Comments