‘पूरानै असफल नीति तथा कार्यक्रम यसपटक पनि सरकारले ल्याएयाे’

काठमाडाैँ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विगत दुई वर्षका नीति तथा कार्यक्रम पढ्न आग्रह गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम छलफलमा भाग लिँदै देउवाले पूरानै असफल नीति तथा कार्यक्रम यसपटक पनि ल्याइएको बताए।

‘नीति तथा कार्यक्रममा आफ्नो प्रशंसा आफैं गरिएको छ,’ देउवाले भने, ‘विगतकै कतिपय नीति तथा कार्यक्रम दोहोरिएका छन्।’ उनले प्रधानमन्त्रीलाई पुन: विगत दुई वर्षका नीति तथा कार्यक्रम पढ्न आग्र गरे।

‘दुई वर्षका नीति तथा कार्यक्रम पुन: एकपटक पढ्न आग्रह गर्छु,’ देउवाले भने, ‘दुई वर्षका नीति तथा कार्यक्रम हेरेर सरकार आफैं लज्जित हुनुपर्ने अवस्था छ।’ पहिलेका नीति तथा कार्यक्रममा गौतमवुद्ध विमानस्थल एक वर्षभित्र बनिसक्ने लगायत योजना रहे पनि अहिलेसम्म ती योजना पूरा नभएको देउवाले बताए।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.