अमेरिका र भारतपछि अब इरानद्वरा पाकिस्तानमा सर्जिकल स्ट्राइक

एजेन्सी । इरानले पाकिस्तान भित्र छिरेर आतंककारीहरूको नियन्त्रणबाट आफ्नो सेनाका दुई सिपाहीलाई छुटाएर फिर्ता लगेकाे दाबी गरेको छ। अमेरिका र भारत पछि इरान पाकिस्तान भित्र प्रवेश गरेर सर्जिकल स्ट्राइक गर्ने तेस्रो देश हो।इरानको क्रान्तिकारी गार्ड्स (आईआरजीसी) ले बुधवार पाकिस्तानी इलाकामा एउटा खुफिया अभियान पछि अाफ्नाे दुई जना जवानलाई मुक्त गराएकाे जानकारी दिए।

आईआरजीसीले एक विज्ञप्ति जारी गर्दै सो अपरेसन गरी सफलतापूर्वक आफ्ना दुई सिपाहीहरूलाई जैश-उल-अदल संगठनको चंकुलबाट उद्धार गरिएको जनाएको हो। यी दुबै सैनिकहरू अढाई वर्ष अगाडि अपहरणमा परेका थिए।’

१६ अक्टूबर २०१८ मा, जैश-उल-अदल संगठनले मेरवाका र पाकिस्तानको सीस्तान शहरको बलुचिस्तान प्रान्तबाट १२ ईरानी क्रान्तिकारी गार्डहरूलाई अपहरण गरेकाे थियाे। यसपछि तेहरान र इस्लामाबादका सैन्य अधिकारीहरूको तर्फबाट उनीहरूको स्वतन्त्रताको लागि संयुक्त समिति गठन गरियो। समितिले उनीहरूलाई मुक्त गराउन अहम् भूमिका निभाएकाे थियाे।यिनीहरूमध्ये ५ इरानी सैनिकहरू १५ नोभेम्बर २०१८ मा २१ मार्च २०१९ मा चार इरानी सैनिकहरूलाई रिहा गरिएको थियो ।

जैश-उल-अदल संगठन तेहरानले आतंकवादी संगठन घोषित गरेको छ। यो आतंकवादी संगठनले इरानमा कैयौ पटक आम नागरिकमाथि र सैनिक अड्डाहरूमा आक्रमणहरू गरिसकेको छ। यो संगठनले ईरानी सरकार बिरूद्ध युद्ध छेडेको छ र आफुहरू इरानमा बलोच सुन्नीको अधिकारको रक्षाको लागि लडिरहेको दाबी गर्छन् ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.