भागरथी हत्या प्रकरण : दोषीको नजिक पुगिसकेको गृहमन्त्री थापाकाे दाबी

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्नको नजिक पुगिसकेको दाबी गरेका छन्। उनले अढाई वर्ष पहिले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनामा जस्तो भागरथीको घटनामा दोषी पत्ता लगाउन जटिल नहुने जिकिर पनि गरे।

नेपाली कांग्रेसको विद्यार्थी संगठन, नेपाल विद्यार्थी संघले मंगलबार बिहान बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री थापाले राज्यको अनुसन्धान र प्रशासनिक निकाय पूर्ण रूपले बैतडी केन्द्रित रहेको बताए।

नेविसंघ अध्यक्ष राजीव ढुंगाना नेतृत्वको टोलीले मंगलबार बिहान मन्त्री निवास पुल्चोक पुगेर गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो। ध्यानाकर्षण पत्रमा भट्टको हत्या घटनामा संलग्नलाई तत्काल गिरफ्तार गरी हदैसम्मको कारबाही गर्न माग गरिएको छ।

गृहमन्त्री थापाले सरकारको ध्यानाकर्षणका लागि धन्यवाद दिँदै सरकारले युवा, विद्यार्थी, नागरिक समाज सबैको सहयोगको अपेक्षा गरेको समेत बताएका थिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.