काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक आइतबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
बैठकले लकडाउनबारे निर्णय गर्नेछ । पछिल्लो समयमा नेपालमा कोरोना संक्रमण बढ्दै गइरहेको छ । संक्रमित संख्या २ सय ९१ पुग्दा १ जनाको मृत्यु भइसकेको छ ।
त्यसकारण सरकारले कम्तिमा १० दिन लकडाउन बढाउने तयारी गरेको मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।
यसअघि केही स्थानमा लकडाउन खुकुलो पारिएको थियो । तर, संक्रमिट बढ्दै गएपछि देशभर लकडाउनमा कडाइँ गरिएको छ । नेपालमा पटकपटक गरेर थपिएको लकडाउनको म्याद सोमबार सकिँदैछ ।
Facebook Comments