प्रचण्ड–नेपाल समूह निकट विद्यार्थीहरुले प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निकट विद्यार्थीहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज विरोध पत्र बुझाउँदैछन् ।

अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङ नेतृत्वका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीलाई संसद विघटनविरुद्ध विरोध पत्र बुझाउन लागेका हुन् ।

अनेरास्ववियूको तामाङ नेतृत्वको समूहले संसद विघटनविरूद्ध तेस्रो चरणका आन्दोलनको कार्यक्रम अन्तरगत विरोध पत्र बुझाउन लागेकाे हाे । तर समय निश्चित हुन बाँकी रहेको अनेरास्ववियूका एक नेताले बताए ।

समय उपलब्ध भएसम्म प्रधानमन्त्रीलाई नै भेटेर, नभए सचिवालयमा विरोध पत्र बुझाउने योजना रहेकाे अनेरास्ववियूले जनाएकाे छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.