काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ऋषिराम कट्टेलले नेकपा आफ्नो भएको दाबी गर्दै सर्वोच्च अदालतमा हालेको रिटमाथि आज सुनुवाई हुँदैछ।
तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए। २०७५ साल कात्तिक ९ गते आयोगले नेकपाको पक्षमा फैसला सुनाएकाे थियाे ।
त्यसपछि कट्टेलले २०७५ साल मंसिर २१ मा सर्वोच्चमा रिट दर्ता गरेका थिए। नेकपा फुटेर ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको बेला यो मुद्दा पेसीमा चढेको हो।
निर्वाचन आयोगलाई विपक्षी बनाइ हालिएको रिटमा आज न्यायाधीशद्वय हरिकृष्ण कार्की र कुमार रेग्मीका संयुक्त इजलासमा पेसी तोकिएको छ।
Facebook Comments