काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आहृवान गरेको बन्दकाे अवज्ञा गरेको भन्दै ट्रकमा तोडफोड गरेका छन् ।
काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेका दुइ र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ। प्रहरीका अनुसार बन्दकर्ताले ना ३ ख ३९३, ना १ क १४३५ र ना ८ ख ४४८० नम्बरको ट्रक तोडफोड गरेका छन् ।
मोटरसाइकलमा आएका बन्दकर्ताले भरतपुर महानगरपालिका–१ भतेरीमा ट्रक तोडफोड गरेका हुन् । यस्तै टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका–१२ मिलनचोकमा तोडफोड गरेकाे प्रहरीले जनाएको छ ।
