विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले बिहीबार देशभर आमहड्तालकाे घाेषणा गरेकाे छ । बन्द सफल पार्न देशैभर प्रचण्ड-नेपाल समूहका नेता तथा कार्यकर्ताहरू सडकमा उत्रिएका छन् ।
यसैबीच धरानमा बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र मजदुरबीच झडप भएको छ । बिहीबार बिहान भानु चोकमा मजदुर र बन्दकर्ताबीच सामान्य झडप भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार केही समय विवाद भए पनि पछिल्लो समय अवस्था सामान्य छ ।
धरानमा नै सवारी साधनमाथि ढुङ्गा प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको उनले बताए । धरानमा अहिले सार्वजनिक सवारी साधन सञ्चालनमा नरहेको उनले बताए ।
Facebook Comments