लाेकतन्त्र रक्षाका लागि चाउचाउ र चिउरासहित सडकमा उत्रिए प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संवैधानिक नियुक्तिको विरोधमा देशव्यापी आमहड्ताल सफल पार्न सडकमा निस्किएका छन् ।

प्रचण्ड-नेपाल समूहले आहृवान गरेको आमहड्ताल सफल पार्नका लागि खुमलटारबाट निस्किएर प्रचण्ड सातदोबाटो, कोटेश्वर हुँदै पुल्चोकको सडकमा बसेर हड्तालको पक्षमा माहौल बनाइरहेका छन् । हडतालका लागि सडकमा आएका कार्यकर्तालाई चाउचाउ, चिउरा र पानीको व्यवस्था गरिएको छ ।

सातदोवाटोमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीकाे कदमका विरुद्ध आगामी फागुन पहिलो साताबाट जनआन्दोलन नै सुरु गर्ने प्रतिक्रिया दिए ।

‘लोकतन्त्रमाथि प्रहार भएको छ । जसरी असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद् विघटन गरिएको छ त्यसको विरुद्धमा हाम्रो आन्दोलन हो,’ प्रचण्डले भने, ‘यो आन्दोलन केपी र प्रचण्डबीचको जुहारी नभइ गणतन्त्र पक्षधर गणतन्त्रविरोधीबीको लडाइँ हो ।’

Facebook Comments