काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुन सक्ने बताएका छन् ।
नेकपा प्रचण्ड-नेपाल समूहले बिहीबार आहृवान गरेको आमहड्तालका क्रममा प्रचण्डले सातदोबाटो चोकमा पुगेर नाराबाजी गरेका थिए । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले हड्ताल आफूहरुको बाध्यता भएको बताउँदै सम्भवतः फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताए ।
सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको उनले बताए ।
यो लोकतन्त्र र लोकतन्त्र विरोधीको लडाइँ भएको भन्दै उनले भने, ‘यस्तो नभइदिए हुन्थ्यो भन्ने जनताको भावना हामीले बुझेका छौं, सम्मान पनि गर्छौं । तर कहिले काँही यस्तो बाध्यात्मक अवस्था आउँछ । यो संविधानको रक्षाका लागि हो ।’
Facebook Comments