आम हड्ताल सफल पार्न प्रचण्ड–माधव समूहले तोक्यो कमाण्डर, को कहाँ ?

नेपाल कम्युनस्टि पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले बिहीबार घोषणा गरेको आमहड्तालका लागि विभिन्न क्षेत्रमा शीर्ष नेताहरुलाई कमान्डर तोकेको छ ।

आन्दोलनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा कमान्डरहरु तोकिएका हुन् ।

जसअनुसार निम्न स्थानहरुमा शीर्ष नेताहरु कमान्डरका रुपमा खटिनेछन् ।

कलङ्कीः युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, बल्खुः बेदुराम भुसाल, सातदोबाटोः देव गुरुङ, पुल्चोकः पम्फा भुसाल, रत्‍नपार्कः प्रवक्ता नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा, कोटेश्‍वरः लीलामणि पोखरेल, चाबहिलः वर्षमान पुन र हरिबोल गजुरेल, नारायणगोपालचोक महाराजगञ्‍जः शक्ति बस्‍नेत, गोंगबुः भीम रावल, बालाजुः रघुजी पन्त ।

प्रहरीले बिहानैदेखि काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ । बिहान सामाखसुसीबाट पनि केही युवा पक्राउ परेका छन् ।

Facebook Comments