काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार १ सय १८ पुगेको छ। गत २४ घण्टामा १ सय ५९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार ४ सय ८९ जना सक्रिय संक्रमित छन्।
प्रदेश १ को तेह्रथुममा १ र सुनसरीमा ४ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को बारा र महोत्तरीमा १÷१ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ७० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ५, चितवनमा १६, धादिङमा १, नुवाकोटमा ५, भक्तपुरमा ५, मकवानपुरमा १ र ललितपुरमा १० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २१, गोरखामा २, तनहुँमा २, म्याग्दीमा १, लमजुङमा २ र बागलुङमा २ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, गुल्मीमा २, पाल्पामा २, बाँकेमा २ र रोल्पामा १ जनामा कोरोना पाइएको छ। गत २४ घण्टामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको कुनै पनि जिल्लामा कोरोना नभेटिएको मन्त्रालयले जनाएको छ।
Facebook Comments