कोरोनाविरुद्धकाे खोप लगाएका १ जनामा गम्भीर असर

काठमाडौं । कर्णाली प्रदेशमा कोरोनाविरुद्ध खोप लगाएकामध्ये एकजनामा गम्भीर असर (अवान्छित घटना) देखिएको छ ।

कर्णाली प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयले जारी गरेको प्रेस विज्ञिप्तिमा प्रदेश अस्पताल सुर्खेतमा कोरोना खोप लगाएका दुई सय ९८ जनामध्ये ४ जनामा अबान्छित र १ जनामा गम्भीर असर देखिएको उल्लेख छ ।

त्यसैगरी मेहलकुना अस्पताल, सुर्खेतमा खोप लगाएका २४० मध्ये १ जना र डोल्पा अस्पताल, डोल्पामा मा खोप लगाएका १० जनामध्ये २ जनामा सामान्य किसिमको खोप पश्चात हुने अवान्छित घटना देखिएको उल्लेख छ ।

कर्णाली प्रदेशमा १४ गते ९२३ जनाले खोप लगाएका थिए । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डाक्टर रविन खड्काका अनुसार गम्भीर समस्या देखिएका विरामीको प्रदेश अस्पतालमै उपचार गराएपछि अवस्था सामान्य बनेको छ ।

Facebook Comments