बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको छ। गत २४ घण्टामा २ सय ८३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार २ सय ८६ जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को झापामा ४, ताप्लेजुङमा १, तेह्रथुममा १ र सुनसरीमा १ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को धुनषामा ४, बारामा २, महोत्तरीमा १, सप्तरीमा १ र सिरहामा १ जनामा कोरोना भेटिएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय २२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १, चितवनमा २७, दोलखामा २, धादिङमा ५, नुवाकोटमा १, भक्तपुरमा ९, ललितपुरमा १४ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २३, गोरखामा २, तनहुँमा ३, नवलपरासीमा पूर्वमा १०, बागलुङमा १ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ। लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा १, गुल्मीमा १, पाल्पामा २, बाँकेमा ९, बर्दियामा ४ र रुपन्देहीमा ११ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैन। सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा २, कैलालीमा १, डडेल्धुरामा ६, डोटीमा २ र बतैडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

Facebook Comments