संसद बैठक बोलाउन माग गर्दै सभामुख सापकोटालाई ज्ञापन पत्र

काठमाडौं । अन्तर पार्टी महिला सञ्जालले प्रतिनिधि सभाको बैठक तत्काल बोलाउन माग गरेको छ ।

सञ्जालकी अध्यक्ष सावित्रा भुसालसहितका नेतृहरुले सोमबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाउँदै यथाशिघ्र संसद बैठक बोलाउन माग गरेको हुन् ।

‘प्रतिनिधि सभा विघटनको प्रावधान वर्तमान संविधानमै छैन । तसर्थ संविधान र कानूनी आधारविना गरिएको कथित विघटनको निर्णय हामी सबैलाई अमान्य रहेको व्यवहोरा अवगत गराउन चाहन्छौं ।’ पत्रमा भनिएको छ ।

जवाफमा सभामुख सापकोटाले संविधानविद्, कानुनविद्, राजनीतिक दल सबैले संसद बैठक बोलाउर्नुपर्छ भनेर आवाज उठाइरहेको र यसप्रति आफू गम्भिर रहेको बताएका थिए ।

सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि यसकाे अहिले सबैतिरबाट विराेध भइरहेकाे छ । संसद पुनर्स्थापनाकाे लागि सर्वाेच्च अदालतमा परेका मुद्दामा सुनुवाइ भइरहेकाे छ ।

Facebook Comments