काठमाडौं । संसद विघटनविरुद्ध परेका मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा साेमबार भएकाे बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्कै संविधान भएको टिप्पणी गरेका छन् ।
सर्वोच्चमा विचाराधिन मुद्दामा प्रधानमन्त्री ओलीको प्रतिक्रियालाई ब्यंग्य गर्दै वरिष्ठ अधिवक्ता थापाले अहिलेको संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको बताए ।
‘श्रीमानहरूले संविधान पल्टाएर यत्रो जिज्ञासा राख्नुभएको छ । संविधान त्यही हो । प्रधानमन्त्रीसँग अर्को संविधान छ । संविधानसभा अध्यक्ष (सुवास नेम्वाङ) सँग अर्को संविधान छ ।’ बहस गर्दै उनले भने ।
अधिवक्ता थापाले बहस शुरू गर्नुअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले खाजाअघि बहस सकाउन आग्रह गरेका थिए । तर थापाले यतिमै बहस नसकिने बताउँदै शुरु गरेका थिए ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी मध्यावधी निर्वाचन घोषणा गरेको विरुद्धमा दर्जन बढी रिटहरु परेका छन् ।
Facebook Comments