काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामन्तीहरूले व्यवस्था उल्ट्याउन खोजेकाे आराेप लगाएका छन् ।
सोमबार कोटेश्वरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउन कम्युनिस्ट पार्टी भित्रै घुसेका ‘सामन्ती’हरु लागिरहेको दावी गरे । सामन्ती, निरंकुशता, प्रतिगमन र अराजकतातिर देशलाई धकेल्न षड्यन्त्रविरुद्ध देशव्यापी रुपमा आन्दोलन भइरहेको भन्दै त्यसलाई परास्त गरेरमात्रै विश्राम लिने उनकाे भनाइ छ ।
उनले प्रदेश नम्बर २ का जनताले यसअघि भएका आन्दोलनमा अग्रसरता देखाएकोमा आभार व्यक्त गरे । ‘यो सन्देश देशभरी गएको छ । प्रतिगमनलाई हरहालतमा परास्त गर्नैपर्छ । नेपाल र नेपाली जनताका लागि । उत्पीडित आदिवासी सवै किसिमका जनताको संघर्ष हो । जसरी गणतन्त्रलाई स्थापित गरिएको छ यसलाई उल्टाउने कम्युनिस्ट पार्टीभित्र घुसेका सामन्तीहरुले गरेका हुन्,’ उनले भने ।
Facebook Comments