सुन मूल्य घट्याे

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य २०० रूपैयाँले घटेकाे छ । आइतबार तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार सामान्य गिरावट भएर ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेकाे छ ।

यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ । गत ३ दिनयता चाँदीको मूल्य १ हजार २६० रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेकाे छ ।

Facebook Comments