कोरोना भाइरस: ट्रम्पले भने ‘खोप होस् वा नहोस्’ अमेरिका खुल्छ

वासिङ्टन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरूद्धको खोप तयार भएपनि नभएपनि अमेरिका खोल्ने वाचा गरेका छन्।

उनले कोरोनाविरूद्धको खोप वर्षको अन्तसम्म बनाइसक्ने उदेश्य रहेको बताउँदै यस्तो बताएका हुन्।

ट्रम्पले वैज्ञानिकहरुलाई यस वर्षको अन्तसम्म कोरोना भाइरस खोप तयार पार्ने हिसाबले गति बढाउन भनेका छन्। तर, विज्ञहरूले खोपको सफल परिक्षण गर्न १८ महिनाभन्दा बढी लाग्न सक्ने बताउँदै आएका छन्।

ट्रम्पले कोरोना विरूद्धको खोप योजनालाई दोश्रो विश्वयुद्धको बेलामा अमेरिकाले संसारको पहिलो आणविक बम बनाउँदाको ‘अपरेसन र्‍याप स्पीड’ योजनासँग तुलना गरेका छन्। तर, ट्रम्पले खोप नबने पनि अमेरिकीहरू सामान्य जीवनमा फर्किनुपर्नेमा जोड दिए।

शुक्रबार ह्वाइट हाउसको रोज गार्डेनमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले खोप निर्माण योजना संभावित १४ वटा खोप नमुनाको अध्ययनबाट अघि बढ्ने बताए।

‘यो भनेको बृहत र छिटो हो’, उनले भने, ‘ म्यानह्याटन योजना यताकै यो एउटा ठूलो वैज्ञानिक, औधोगिक र तार्किक प्रयास हो।’

यसक्रममा राष्ट्रपति ट्रम्पले पूर्व स्वास्थ्य कार्यकारीसमेत रहेका एक सैनिक जनरलको नाम लिदैं ती जनरलले सरकार र निजी क्षेत्रको साझेदारीमा चल्ने यस योजनाको नेतृत्व लिने बताए।

योजनाको खोप विभागको नेतृत्व ग्लाक्सोस्मिथक्लिने औषधि कम्पनीको कमान सम्हालिसकेका मोन्सेफ स्लाउइले सम्हाल्नेछन् भने जनरल गुस्ताभ पेर्नाले प्रमुख अपरेटिङ अफिसको कमान सम्हाल्नेछन्।

पत्रकार सम्मेलनमा ट्रम्पपछि बोलेका स्लाउइले यसैवर्षको अन्तसम्ममा केही लाख खोपहरू तयार भइसक्नेमा आफू विश्वस्त रहेको बताए।

यसअघि न्यूयोर्क टाइम्सलाई दिएको अन्तरवार्तामा उनले दिइएको समयसीमा महत्वाकांक्षी भएको भएपनि सम्भव देखिएकाले त्यसमा प्रतिबद्धता जनाएको बताएका थिए।

धेरै विशेषज्ञहरूले खोपले मात्र अमेरिकी जनतालाई अर्थव्यवस्था पूर्णरुपमा खोल्ने आत्मविश्वास दिने बताउँदै आएका छन्।

‘म मानिसहरुलाई सबै कुरा खोपमा निर्भर गर्छ भनेर नसोच्न भन्छु’, ट्रम्पले भने, ‘खोप होस् या नहोस् हामी फर्किन्छौं। हामीले प्रक्रिया सुरु गरिसकेका छौं।’

‘थुप्रै केसमा खोपहरू छैन। भाइरस वा फ्लु आउँछन् र हामीले त्योसँग लड्नुपर्छ’, उनले थपे, ‘अरू कुराको कहिल्यै खोप बनेनन् र ती गएका छन्।’

यसैगरी ट्रम्पले स्कूलहरू छिट्टै सुरू हुने पनि बताए।

तर, केही स्वास्थ्य विज्ञहरू ह्वाइट हाउसको प्रस्तावित समय अवधिमा खोप विकास र वितरण हुनेबारेमा आश्वस्त छैनन्।

‘यो कसरी सम्भव हुन्छ भनेर म बुझ्दिन। खोपको विकास २०२१ को तेस्रो त्रैमासमा मात्र हुने सम्भावना देख्छु’, ट्रम्पको घोषणापछि बेल्लर कलेजमा मेडिसिन कोरोना भाइरस भ्याक्सिन टीमका सह-निर्देशक डाक्टर पीटर होटेजले सिएनएनसँग भने।

जोन्स हपकिन्स युनिभर्सिटीका अनुसार अमेरिकामा संक्रमित संख्या १.४ मिलियन बढी भइसकेको छ। यसैगरी संक्रमणबाट ८६ हजार बढीको गइसकेको छ।

तर विभिन्न राज्यहरूले अर्थव्यवस्था धराशयी भएको भन्दै स्वास्थ्य विज्ञहरूको चेतावनीका बाबजुत राज्य खोल्न सुरू गरिसकेका छन्।।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.