प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरू, ओलीलाई कारबाही गर्ने तयारी

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरू भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधिएको स्पष्टीकरण जवाफ नआएपछि कारबाहीको तयारी भएको एक नेताले जानकारी दिए ।

‘पार्टी गतिविधि विपरितको काम गरेकोले तपाइँलाई कारबाही किन नगर्ने?’ भन्दै प्रचण्ड-नेपाल समूहले तीन दिनको समयसीमा तोकेर ओलीलाई स्पष्टीकरण सोधेको थियो । तर त्यसको जवाफ नआएपछि पार्टीबाटै निष्कासनको तयारी भएको स्रोतले जनाएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले भने आजको बैठकले संसद् विघटनविरुद्धको आन्दोलन, समसामयिक राजनीतिक विषय लगायतमा छलफल हुने जनाए । बैठकले अर्को चरणको संघर्षको कार्यक्रम घोषणा गर्ने जनाइएको छ ।

Facebook Comments