Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
काठमाडाैँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार आह्वान गरेको नेपाल बन्दको प्रभाव सामान्य देखिएको छ। राजधानी काठमाडौंसहित देशका प्रमुख सहरहरु नियमितझैं खुलेका छन्।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुवँरले विप्लवले आह्वान गरेको बन्दकाे प्रभाव खासै नदेखिएको जानकारी दिए।
‘देशका विभिन्न जिल्लामा डर देखाउने उद्देश्यले अलिकति विष्फोट पदार्थ राखेको भएपनि जनवीजन सामान्य छ,’ उनले भने,‘काठमाडौं–नारायणघाटजस्ता देशका प्रमुख सडक खण्डहरुमा चाहिँ विष्फोटक पदार्थ अलि बढी राखेको पाइयो। शनिबार भएर सडकमा कम सवारी देखिएपनि बन्दको प्रभाव भने छैन।’
विप्लव नेतृत्वको नेकपाले पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालाई पक्राउ गरेको विरोधमा शनिबार नेपाल बन्दको आह्वान गरेको थियो।




Facebook Comments