काठमाडाैँ । काठमाडौं । पौने ३ करोड ठगीको मुद्दामा ओलम्पिया वल्र्ड स्कुलका सञ्चालकद्धय पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले स्कुलका सञ्चालकद्धय शिरिष खड्का र सुरेन्द्र महर्जनलाई शनिबार पक्राउ गरेको हो।
ठगी मुद्दामा अदालतबाट जारी भएको वारेन्टका आधारमा उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रमुख अशोक सिंहले जानकारी दिए । चार सञ्चालक फरार छन् ।
उनीहरुले स्कुलको नाममा कोटेश्वरमा रहेको २ रोपनी १४ आना २ पैसा जग्गा विक्री गर्न कृष्णप्रसाद देवकोटासँग वैशाख २०७६ मा २ करोड ७५ लाख बैना लिएका थिए । तर जग्गा अर्कैलाई बेचेका उनीहरुले बैना रकम समेत फिर्ता नगरेको देवकोटाको उजुरी छ ।
Facebook Comments