काठमाडौं । भारतले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेकाे छ । भारतले नेपाललाई अनुदानमा दिएकाे १० लाख डोज कोरोना खोप केहीबेरअघि एयर इन्डियाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।
अक्सफोर्ड/एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिन लागेको हो ।
सो खोप विमानस्थलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्नेछन् । ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ ।
Facebook Comments