काठमाडौं । महानगरीय अपराध महाशाखाले आफुलाई राष्ट्रिय मानवअिधकार आयोगको अध्यक्ष हुँ भन्दै भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा संखुवासभाको पाँचखपन गाउँपालिका–५ खमारे स्थाई घर भई हाल मित्रपार्क, चावहिल बस्ने ६० वर्षिय तुलसी थापा रहेका छन् ।
थापाले आफु राष्ट्रिय मानवअिधकार आयोगको अध्यक्ष भएको र अमेरिका पठाईदिन्छु भन्दै रकम ठगी गरेका थिए । उनलाई ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ।
थापाले आफु अमेरिकामा हुने कार्यक्रममा जाँदा तपाईँलाई ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका लैजान्छु भनी विश्वास दिलाई पन्ध्र लाख रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको महाशाखाले जनाएको छ ।
Facebook Comments