रोल्पामा गोली चल्याे

रोल्पा। रोल्पामा जंगलमा गोली चलेको छ । जंगलबाट घाँसको भारी बोकेर घर फर्किदै गरेकी रोल्पा नगरपालिमा वडा नम्बर ९ फाल्जाकी ४५ बर्षीया बरु पुनमाथि सोमबार बेलुका गोली प्रहार भएको हो ।

जंगलदेखि बाख्रा चरायर घर घाँसको भारीसहित घर फर्किने क्रममा स्थानीय ३७ वर्षीय हस्तबहादुर पुनले बरुमाथि गोली हानेको रोल्पाका प्रहरीले जनाएको छ ।

टाउकोमा गोली लागेको बरुको अवस्था गम्भीर रहेको र मंगलवार विहान ४ बजेतिर जिल्ला अस्पताल रेउघाबाट थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

पक्राउ परेका पुनले प्रहरी समक्ष आफूले हरिन ठानेर ती महिलालाई गोली चलाएको दावीसहितको बयान गरेका छन् । गोली हान्ने पुनलाई मंगलवार विहान भरुवा बन्दुकसहित पक्राउ गरेको हो । घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।